व्यापारी राकेश अडुकियाका छोरा रोहन पक्राउ


काठमाडौं — सय किलो सुन प्रकरणमा अनुसन्धानको दायरामा रहेका व्‍यापारी राकेश अडुकियाका छोरा रोहन अकुडिया त्रिभुवन अन्तराष्ट्रिय विमानस्थलबाट पक्राउ परेका छन् ।

नयाँ दिल्ली हुँदै इन्डियो विमानमार्फत काठमाडौं आएका उनलाई विमानस्थलबाटै पक्राउ गरिएको त्रिभुवन विमानस्थलका डीआईजी अर्जुन चन्दले जानकारी दिए ।

पक्राउ परेका उनलाई अध्यागमन विभागले राजश्व अनुसन्धान विभागमा बुझाइएको छ । यसअघि त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट बाहिरिएको एक क्विन्टल सुन तस्करी प्रकरणको अनुसन्धानका क्रममा राजश्व अनुसन्धान  विभागले व्यापारी अडुकियाको घरमा छापा मारेको  थियो ।

प्रतिक्रिया