कांग्रेस संसदीय दलको बैठकमा सात एजेण्डा तय


काठमाडौं — कांग्रेस संसदीय दलको बैठकमा सात एजेण्डा तय भएको छ ।

शुक्रबार संसदीय दलको कार्यालय सिंहदरबारमा बसेको बैठकका सात एजेण्डा तय भएका हुन् ।

बैठकमा पार्टी सभापति शेरबहादुर देउवा, उपसभापति पूर्णबहादुर खड्का, महामन्त्रीद्वय गगन थापा र विश्वप्रकाश शर्मा, रमेश लेखकलगायत कांग्रेस सांसदहरुको उपस्थिति रहेको छ ।

 

छलफलका विषय

१. संसदको अवरोध सम्बन्धमा ।

२. संसदमा विचाराधिन र प्रस्तुत हुनुपर्ने आवश्यक विधेयक सम्बन्धमा ।

३. आब २०८०/८१ को बजेट पारित भइसकेको सन्दर्भमा यसको प्रभावकारी कार्यान्वयन सम्बन्धमा ।

४. संघीय संसदमा नेपाली कांग्रेसको प्रभावकारी भूमिका

५. सरकारलाई अनुरोध गर्ने विषयहरु :

क. अविरल वर्षाका कारण बढीपहिरोले गर्दा भएको धनजन क्षति, उद्दार, राहत एवं पुनर्स्थापना सम्बन्धमा ।

ख. पशुचौपायामा लागेको लम्पी स्किन रोगका कारण भएको क्षति, सोको रोकथाम तथा किसानहरुलाई राहत सम्बन्धमा ।

ग. देशका विभिन्न भागमा फैलिएको डेंगु र एडिनो भाइरस कन्जन्टिभाइटिस (आँखा पाक्ने) रोग रोकथाम तथा उपचार सम्बन्धमा ।

घ. महंगी, प्रभावकारी सेवा प्रभाव, सुशासन

६. विविध ।

७. शोक प्रस्तावहरु

 

प्रतिक्रिया