
कपनबाट फर्कियो महानगर टोली, नापजाँच गरेर थप अगाडि बढ्ने बालेन र बुढानिलकण्ठ मेयरको सहमति
काठमाडौं –कपन क्षेत्रमा खोलाको नापजाँच गर्ने निर्णयसँगै कपन साततलेस्थित खहरे भत्काउन गएको काठमाडौं महानगर प्रहरी करिब ६ घण्टापछि फर्किएको छ ।
काठमाडौं महानगरपालिकाका मेयर बालेन शाह र बूढानीलकण्ठ नगरपालिकाका मेयर मिठाराम अधिकारीबीच वार्ता भएपछि डोजरसहितको महानगर टोली फर्किएको हो ।
दुई मेयरबीच भएको वार्तामा दुवै नगरपालिकाको प्राविधिक टोली र नापी विभागको टोलीसमेतले खोलाको क्षेत्र नापजाँच गरेपछि मात्र थप प्रक्रिया अघि बढाउने सहमति भएपछि महानगर टोली फर्किएको हो ।
त्यसअघि बिहान कपन खोला उत्खनन्का लागि गएको महानगर टोली र बुढानिलकण्ठबासीबीच विवाद भएको थियो भने काठमाडौं महानगरपालिका तर्फका स्थानीय भने बालेन टोलीको पक्षमा नाराबाजी गरिरहेका थिए ।



कागजपत्र |
