बुद्ध एयरको जहाजमा समस्या, भैरहवा उडेको विमान बिचबाटै फर्कियो काठमाडाैं


काठमाडौं – जहाजमा प्राविधिक समस्या देखिएको भन्दै भैरहवा उडान गरेको बुद्ध एयरको जहाज १३ मिनेटमै काठमाडौं अवतरण भएको छ।

भैरहवा उडान गरेको बुद्ध एयरको ८५७ नम्बरको फ्लाइट १३ मिनेटमै काठमाडौं फर्किएको हो। बिहीबार दिउँसो १:४० बजे उडान गरेको जहाजमा इन्डिकेटर समस्या आएपछि १:५३ बजे पुनः काठमाडौं अवतरण गरिएको त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलले जनाएको छ।

‘जहाज उडान गरेर १० माइल पर पुगेपछि प्राविधिक समस्या आएको थियो। सिङ्गल इन्जिन ल्याण्ड गरिएको छ।’ विमानस्थलका प्रवक्ता सुवास झाले भने,’जहाज निरीक्षणका लागि प्राविधिक टोली परिचालन गरिएको छ।’

सिङ्गल इन्जिन ल्याण्ड गरेको जहाजमा आएको समस्या पुष्टि हुन बाँकी नै रहेको उनले जानकारी दिए। यो जहाजमा रहेका यात्रुलाई कम्पनीले अर्को जहाजबाट बोर्डिङ गरिसकेको उनले जानकारी दिए।

प्रतिक्रिया