प्रहरीले खोस्यो महानगरले कपनमा चलाएको डोजरको साँचो (फोटोफिचर)


काठमाडौं — नेपाल प्रहरीले काठमाडौं महानगरपालिकाले कपन क्षेत्रमा चलाएको डोजरको साँचो खोसेको छ ।

हरेक वर्षको बाढीबाट डुब्ने कपन क्षेत्रमा पर्ने काठमाडौं महानगरपालिका क्षेत्रमा महानगरले चलाएको डोजरको साँचो प्रहरीले खोसेको छ ।

उक्त स्थानमा बुढानिलकण्ठ वडा नं. १० र महानगरपालिकाका स्थानीय बासिन्दा प्रदर्शनमा उत्रिएका छन् ।

उक्त स्थानमा दुई डिएसपीसहितको टोली खटाएको सरकारले महानगरलाई असहयोग गर्दै डोजरको साँचो खोसको भन्दै स्थानीयहरु नाराबाजीमा उत्रिएका छन् ।

महानगर क्षेत्रका स्थानीयले बालेनको पक्षमा नारा गरेका छन् भने बुढानिलकण्ठबासीले बालेनविरुद्ध नाराबाजी गरिरहेका छन् ।

स्थानीयहरुले डोजरको साँचो प्रहरीले खोसेर बालेनलाई असहयोग गरिरहेको बताउँदै सरकारविरुद्ध पनि नाराबाजी गरिरहेका छन् ।

उक्त स्थानमा राजु पाण्डे जिन्दावाद, बालेन शाह जिन्दावाद जस्ता नारा लागि रहेको छ ।

उक्त स्थानमा अत्याधिक भिड बढ्दै गएपछि कुनै अप्रिय घटना नहोस् भनेर प्रहरीले साँचाे खोसेको हुनसक्ने जनाइए पनि कतिपयले भने महानगरलाइ सरकारले सहयोग नगरेको हो भन्ने भनाइ राखेका छन् ।

प्रतिक्रिया