यस्तो छ मेवाको पातको जूसको फाइदै फाइदा


काठमाडौं – मेवा हाम्रो स्वास्थका लागि धेरै नै फाइदाजनक हुन्छ । तर के तपाईंले कहिले मेवाको पातको जूस पिउनु भएको छ ?

यदि पिउनु भएको छैन भने आजदेखि नै मेवाको पातको जूस पिउन थाल्नुहोस् । मेवाको पातको जूसको सेवनले विभिन्न गम्भीर तथा ठुलो रोगहरु कम हुन्छ ।

प्राय स् डेंगू तथा चिकन गुनिया जस्ता रोगहरुका लागि मेवाको जूस पिउने सल्लाह दिइन्छ । तर यसका अझ धेरै फाइदाहरु छन् ।

मेवाको जूसबाट हुने फाइदाहरु यस्ता छन् :

महिनावारीको पीडा कम हुन्छ

प्रायस् महिलाहरुमा महिनावारीमा हुने पीडा असहनीय हुन्छ । त्यस्तो अवस्थामा यदि मेवाको पातलाई इमली, नुन र एक गिलास पानीमा मिलाएर काँडा बनाउने र यसलाई चीसो बनाएर पिउनु पर्छ । यसो गर्दा तपाईंलाई महिनावारीमा हुने पीडाबाट आराम हुन्छ ।

क्यान्सर कोषिका बढ्न दिँदैन

मेवाको पातमा क्यान्सररोधी गुण हुन्छ । यसले शरीरको रोग प्रतिरोधक क्षमतालाई विकसित गर्नमा पनि विशेष सहयोग पुऱ्याउँछ । सर्भाइकल र स्तन क्यान्सर जस्ता रोगहरुमा उक्त जूस अति नै प्रभावकारी हुन्छ ।

रगतको कम हुन नदिन

मेवाको रसमा विभिन्न किसिमका रोगहरुका लागि अति नै लाभदायक हुन्छ । यदि तपाईंको ब्लड प्लेटलेटहरु कम हुँदैछ भने यसलाई पिउनाले ब्लड प्लेटलेट बढ्छ । दिनहुँ उक्त जूसलाई दुई चम्चा करिव तीन महिनासम्म पिउनु पर्छ ।

संक्रमणबाट बच्न

शरीरको रोग प्रतिरोधक क्षमता बढाउनुको साथ साथै ब्याक्टेरिया र संक्रमणलाई रोक्नमा पनि मेवाको जूस धेरै लाभदायक हुन्छ । यसले रगतमा सेतो रक्तकोषिका र प्लेटलेट बढाउन पनि सहयोग गर्छ ।

प्रतिक्रिया