कञ्चनपुरमा अवैध काठ बेवारिसे अवस्थामा फेला


कञ्चनपुर – कञ्चनपुरमा अवैध काठ बरामद गरिएको छ ।

पुनर्वास नगरपालिका–११ स्थित नमुना ईट्टा उद्योग नजिकै भारतको दुधुवा नेशनल पार्कबाट करिब ३०० मिटर पश्चिममा ८ वटा गोलिया अन्दाजी ४१ क्युफिट बराबरको सालको काठ बरामद गरिएको हो ।

प्रहरी चौकी परासनबाट खटिएको प्रहरी गस्ती टोलीले मंगलबार राति बेवारिसे अवस्थामा फेलापारी बरामद गरेको जनाएको छ । आवश्यक कारबाहीका लागि बरामद काठ सब डिभिजन वन कार्यालय कुण्डालाई बुझाएको जनाइएको छ ।

प्रतिक्रिया