घुससहित पक्राउ परेका इन्जिनियर यादवविरुद्ध भ्रष्टाचार मुद्दा


काठमाडौं – ४५ हजार रुपैयाँ घुससहित पक्राउ परेका रुपन्देहीको कोटहीमाई गाउँपालिकाका इन्जिनियर (सेवा करार) अरविन्दकुमार यादवविरुद्ध विशेष अदालत काठमाडौंमा भ्रष्टाचार मुद्दा दर्ता भएको छ । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले आफ्नो अनुसन्धान सकेर सोमबार विशेष अदालतमा मुद्दा दायर गरेको हो ।

उनी गत जेठ २० गते घुस रकमसहित पक्राउ परेका थिए । यादवले कोटहीमाई गाउँपालिका–७ मा सडक पीसीसी ढलानको काममा भुक्तानी गर्नेक्रममा ४५ हजार रुपैयाँ घुस मागेको अख्तियारले दाबी गरेको छ । ४५ हजार रुपैयाँ विगो कायम गरी मुद्दा दायर गरिएको हो ।

प्रतिक्रिया