यस्ताे छ कांग्रेस केन्द्रीय कार्यसमितिमा पेश भएका प्रस्ताव
काठमाडौं – नेपाली कांग्रेसको केन्द्रीय कार्यसमितिमा २०७८ भदौमा १४ औं महधिवेशन गर्ने प्रस्ताव पेश भएको छ।
कांग्रेस महामन्त्री पूर्णबहादुर खड्काले आगामी भदौ ७ गते देखि १० गतेसम्म केन्द्रीय महाधिवेशन गर्ने प्रस्ताव केन्द्रीय कार्यसमितिमा पेश गरेको कांग्रेस प्रवक्ता विश्वप्रकाश शर्माले बताए।
बुधबारदेखि सुरू भएको केन्द्रीय कार्यसमितिको बैठकबारेमा पत्रकारहरूलाई जानकारी गराउँदै प्रवक्ता शर्माले २०७८ भदौ ७, ८, ९ र १० गते केन्द्रीय महाधिवेशन काठमाडौंमा गर्ने प्रस्ताव पेश भएको बताए।
पाँच वर्षमा महाधिवेशन गर्न नसकेपछि कांग्रेसले संविधानमा व्यवस्था भए अनुसार ६ महिना म्याद थप गर्नका लागि केन्द्रीय कार्यसमितिको बैठक बोलाएको हो।
बैठक बिहीबार दिउँसो तीन बजे पनि बस्ने छ।