

बलात्कारको आरोपमा मध्यपहाडी लोकमार्ग आयोजनाका निर्देशक पोखरेल पक्राउ

काठमाडौं – प्रहरीले बलात्कार आरोपमा मध्यपहाडी लोकमार्ग आयोजनाका निर्देशकलाई पक्राउ गरेको छ ।
जिल्ला प्रहरी परिसर काठमाडौंको टोलीले आयोजनाका निर्देशक इन्जिनियर हरिकुमार पोखरेललाई पक्राउ गरेको हो ।
एक युवतीले बलात्कारको आरोप लगाएपछि अनुसन्धानका लागि पोखरेललाई पक्राउ गरिएको काठमाडौं प्रहरी परिसरले जनाएको छ ।
बलात्कार आरोप लागेपछि पोखरेल मध्यपहाडी लोकमार्ग आयोजना कार्यालयबाटै सम्पर्कविहीन भएका थिए ।
रामेछापकी घरमा काम गर्न राखेकी युवतीले पोखरेलले बलात्कार गरेको भन्दै उजुरी दिएकी थिइन् ।

