

सुन लुकाएको आशङ्कामा लाजिम्पाटको एक घरमा विभागको छापा

काठमाडौं – राजस्व अनुसन्धान विभागले सुन लुकाएको आशङ्कामा चाइनिजले भाडामा लिएको एक घरमा छापा हानेको छ।
विभागले आज (बिहीबार) लाजिम्पाटमा चाइनिजले भाडामा लिएको घरमाछापा हानेको हो। तर, सुनजन्य कुनै वस्तु नभेटिएपछि भाडामा लिएको फ्ल्याट सिल गरिएको छ। सामान उठाइसकेको आशङ्का गरिएको छ।
विभागको टोलीले यसअघि सुन तस्कर गिरोहको बालुवाटारस्थित एक गोदाममा छापा मारेको थियो । उक्त गोदाममा ब्रेक सु लेखिएको ६६ कार्टुन सामान बरामत गरेको थियो । उक्त काटुनमा यसअघि विमानस्थल बाहिरबाट बरामत गरिएको सुन जस्तै बस्तु फेला परेको विभागले जनाएको छ । उक्त सामान राजस्व अनुसन्धान विभागले नियन्त्रणमा लिइसकेको छ ।

