ठमेलबाट लागुऔषध चरेशसहित अमेरिका र बेल्जियमका नागरिक पक्राउ


काठमाडौं – काठमाडौंको ठमेलबाट अवैध लागुऔष चरेससहित दुई जना विदेशी नागरिकलाई प्रहरीले पक्राउ गरेको छ ।

बुधबार अपराह्न ४ बजे ठमेलको फ्यामेली हाउसबाट चरेससहित अ‍ेरिका र बेल्जियम नागरिकलाई पक्राउ गरेको जिल्ला प्रहरी परिसर काठमाडौंका डिएसपी अनिल अधिकारीले जानकारी दिए।

अमेरिकी नागरिक जोर्डन रफेल र बेल्जियमका नागरिक साफरलाई पक्राउ गरेको हो। उनीहरू उक्त हाउसको कोठा नम्बर २०२ मा बसिरहेका थिए।

लागुऔषध भएको भन्ने सुराक पाएपछि प्रहरी वृत्त सोह्रखुट्टेबाट खटिएको टोलीले उनीहरूलई पक्राउ गरेको हो।

प्रतिक्रिया