

सुन तस्करी प्रकरण : थप एकजना पक्राउ

काठमाडौं – एक क्वीन्टल सुन तस्करी प्रकरणमा थप एक जना पक्राउ परेका छन्। सुरेन्द्र तामाङ नाम गरेका व्यक्तिलाई राजश्व अनुसन्धान विभागले पक्राउ गरेको हो।
उनीबारे थप विवरण केही पनि सार्वजनिक भएको छैन। योसँगै यो प्रकरणमा पक्राउ पर्नेको संख्या १७ पुगेको छ। यसअघि भन्सारका कर्मचारी, एजेन्टसहित १६ जनालाई विभागको टोलीले पक्राउ गरेको थियो।
केही दिनअघि मात्रै त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको भन्सारबाट पास हुँदै गर्दा बरामद भएको एक क्वीन्टल सुन बरामद भएको थियो। उक्त सुन जाँच तथा तौलका लागि राष्ट्र बैंकको टक्सार विभागमा राखिएको छ।

