विश्वभरबाट ११ करोड बढी कोरोना संक्रमित, मृत्यु कति?


काठमाडौं – विश्वभर कोरोना भाइरसबाट सङ्क्रमितको सङ्ख्या ११ करोड नाघेको छ । पछिल्लो २४ घण्टामा तीन लाख ४२ हजार १५१ जना संक्रमित थपिएका छन् ।

यससँगै विश्वमा कोरोना सङ्क्रमितको सङ्ख्या ११ करोड २० हजार ९१४ पुगेको हो ।  यस्तै पछिल्लो २४ घण्टामा ९ हजार ७७७ संक्रमितको मृत्यु भएको छ ।

यससँगै विश्वभर कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या २४ लाख २८ हजार नाघेको छ । संक्रमितमध्ये ८ करोड ४८ लाखभन्दा बढी निको भएका छन् ।

उपचाररत २ करोड २७ लाख ५५ हजार ६७९ जनामध्ये ९७ हजार २२८ को अवस्था गम्भिर रहेको तथ्यांकले जनाएको छ । एजेन्सी

प्रतिक्रिया