प्रतिनिधि सभा विघटन बहसः चार प्रश्नमा केन्द्रित छन् एमीकस क्युरी खरेल


काठमाडौं– प्रतिनिधि सभा विघटनविरुद्धको रिटमा भइरहेको बहसमा मंगलबारदेखि एमीकस क्युरीका सदस्यले भाग लिएका छन्। बरिष्ठ अधिवक्ता बद्रीबहादुर कार्कीले प्रधानमन्त्री केपी शर्मा ओलीले संसद विघटन गर्न पाउने अधिकार रहेको मत राखेका थिए।

ठ्याक्कै त्यसमा बाझिनेगरी बुधबार बहसमा सहभागी भएका अर्का बरिष्ठ अधिवक्ता सतिषकृष्ण खरेल चार प्रश्नमा केन्द्रित भएर संवैधानिक इजलाशमा प्रस्तुत भएका छन्।

रायसहितको बहसमा खेलले भने,‘उनले संसद् विघटन संवैधानिक प्रश्न कि राजनीतिक?, निर्विवाद बहुमत प्रधानमन्त्रीलाई संसद् विघटनको धिकार दिएको छ कि छैन?, संसदीय लोकतन्त्रमा प्रधानमन्त्रीले संसद् विघटन गर्ने सार्वभौमिक अभ्यास छ कि छैन ?, मूल्य र मान्यताकै भरमा विघटन गर्न मिल्छ? यी प्रश्नमा मेरा राय हुनेछन्।’

प्रतिक्रिया