

बाघको आक्रमणबाट एक जनाको मृत्यु

चितवन – बाघको आक्रमणबाट पश्चिम चितवनमा एक जनाको मृत्यु भएको छ।
बाघले आक्रमण गर्दा सोमबार दिउँसो सवा तीन बजे भरतपुर महानगरपालिका-२८ कोटेनिका २६ वर्षीय आसबहादुर बोटेको मृत्यु भएको हो।
माछा मार्न गएका बोटेलाई चितवन राष्ट्रिय निकुञ्जभित्र बाघले आक्रमण गर्दा घटनास्थलमै मृत्यु भएको चितवन प्रहरी प्रवक्ता डीएसपी विजय पण्डितले बताए।

