ललिता निवास प्रकरणः नक्कली मोही बनेर जग्गा हडप्ने २ पक्राउ


काठमाडाैं – ललिता निवास जग्गा हिनामिना प्रकरणमा थप दुई जना पक्राउ परेका छन् ।

नक्कली मोही बनेर सरकारी जग्गा हडपेको आरोपमा नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो(सीआईबी)ले सोमबार सञ्जयकुमार महर्जन र सकुलानन्द महर्जनलाई पक्राउ गरेको एसएसपी दिनेश आचार्यले जानकारी दिए ।

महर्जनद्वयलाई नक्कली मोही बनाएर रामकुमार सुवेदी, मीनबहादुर गुरुङ र शोभाकान्त ढकाललगायतले सरकारी जग्गा हडपेको प्रहरीले बताएकाे छ ।

ललिता निवास जग्गा हिनामिना प्रकरणमा भाटभटेनी सुपर मार्केटका सञ्चालक मीनबहादुर गुरुङ लगायत हालसम्म २२  जना पक्राउ परिसकेका छन् ।

 

प्रतिक्रिया