बालिकालाई यौन हिंसाको आरोपमा अमेरिकामा एक नेपाली पक्राउ


काठमाडौं – अमेरिकामा एक बालिकालाई यौन हिंसा गरेको आरोपमा एक नेपाली पक्राउ परेका छन् ।

गत जुलाई १६ मा अमेरिकी राज्य भर्जिनियाको प्रिन्स विलियम काउन्टीमा बालिकालाई गरेको दुई पटको यौन दुर्व्यवहारको आरोपमा पक्राउ परेका नेपालीको नाम रविराज बोहरा भएको अमेरिकी मिडिया फक्स फाइभ डिसीले उल्लेख गरेको छ ।

फक्स फाइभका अनुसार हिंसामा परेकी बालिकाले परिवारलाई खबर गरेपछि बोहरा पक्राउ परेका थिए ।

१३ वर्ष मुनिकी ती बालिकालाई बोहराले जथाभाबी छोएको आरोप लागेको छ ।

प्रतिक्रिया