ललिता निवास प्रकरण : थप पाँच दिन हिरासतमा राख्न अदालतको अनुमति


काठमाडौं – ललिता निवासको सरकारी जग्गा हिनामिना प्रकरणमा पक्राउ परेकाहरुलाई थप ५ दिन हिरासतमा राख्न अदालतले अनुमति दिएको छ ।

जिल्ला अदालत काठमाडौँले शुक्रबार यो प्रकरणमा पक्राउ परेकाहरु मीनबहादुर गुरुङसहितका आरोपीलाई थप पाँच दिन हिरासतमा राख्न अनुमति दिएको सीआईबीकी प्रमुख एआईजी किरण बज्राचार्यले जानकारी दिइन् ।

यो प्रकरणमा हालसम्म १८ जना पक्राउ परिसकेका छन् ।

प्रतिक्रिया