विमानस्थलबाट बरामद गरिएको सुनको तौल १५५ किलो !


काठमाडौं – त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट जाँचपास भई ट्याक्सीमा राखेर बाहिर लैजान लाग्दा बरामद गरिएको अवैध सुनको तौल १५५ केजी रहेको पाइएको छ।

अबैध रुपमा भित्र्याइएको सुन आज (बिहीबार) नेपाल राष्ट्र बैंकको टक्सार कार्यालयमा नापतौत लिएको थियो । उक्त सुनको तौल १५५ किलो रहेको टक्सार महाशाखा प्रमुख थानेश्वर आचार्यले बताए ।

आठ वटा पोकामा उक्त सुन राखिएको छ। यसमा संलग्न रहेको आरोपमा दोलखा घर हुने रामकुमार भुजेल, दिलिप भुजेल, भोजपुरका हर्कराज राई, भारतीय नागरिक थाप्तेन छिरिङ पक्राउ परेका छन्।

एजेन्ट राजन राई र ट्याक्सी ड्राइभर अशोक लामा पनि पक्राउ परेका हुन्। बा २ च २३२४ नम्बरको ट्याक्सीमा राखेर लैजादै गर्दा आन्तरीक राजस्व विभागको टोलीले सुनसहित ट्याक्सी पनि नियन्त्रणमा लिएको थियो ।

यस घटनामा त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको भन्सार जाँच पास कसरी भएर निस्कियो भन्नेबारे छानबिन गर्न भन्सार विभाग अनुसन्धान शाखाका निर्देशक मानबहादुर पौडेलको नेतृत्वमा समिति गठन भएको छ। समितिले भन्सार अधिकृत लगायत अन्य कर्मचारीहरूको संलग्नताबारे पनि छानबिन गर्न लागेको हो।

प्रतिक्रिया