सिनामंगलमा शंकास्पद वस्तु फेला


काठमाडौं – काठमाडौंको सिनामंगलमा शङ्कास्पद वस्तु फेला परेको छ ।

काठमाडौं मेडिकल कलेजबाट पुरानो बानेश्वर आउने सडक छेऊमा शंकास्पद वस्तु फेला परेको हो।

सिनामंगल–पुरानो बानेश्वर सडक खण्डमा पर्ने खोटाङ हलेसी ज्वेलर्स नजिकै शंकास्पद वस्तु फेला परेको काठमाडौं प्रहरी परिसरले जनाएको छ ।

अहिले त्यहाँ महानगरीय प्रहरी वृत्तका टोली त्यहाँ पुगेको छ । शंकास्पद वस्तु नजिकै हाम्रो पार्टी नेपाल उत्थान क्रान्तिकारी पार्टीको पर्चा पनि भेटिएको छ ।

शंकास्पद वस्तु निष्क्रिय तुल्याउन नेपाली सेनाको बम डिस्पोजल युनिटलाई खबर गरिएको छ ।

प्रतिक्रिया