आफ्नो दायित्व नबिर्सन कर्मचारीलाई मन्त्री तुम्बाहाङ्फेको आग्रह


काठमाडाैं – भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्री डा शिवमाया तुम्बाहाङ्फेले कर्मचारीलाई सेवामा रहँदा आफ्नो दायित्व नबिर्सन आग्रह गरेकी छन् । ताप्लेजुङमा नवनिर्मित मालपोत र नापी कार्यालय भवनको आज भर्चुअल मार्फत उद्घाटन गर्ने क्रममा उनले यस्तो बताएका हुन् ।

त्यस्तै उनले कानूनभन्दा बाहिर गएर कसैले केही गर्न नपाउने समेत बताईन् । मन्त्री तुम्बाहाङ्फेले सरकारले मालपोत, नापीजस्ता कार्यालयलाई व्यवस्थित गर्दै सेवाग्राहीलाई सहज बनाउँदै लैजाने जानकारी दिईन्।

केन्द्रमा भूमिसम्बन्धी समस्या समाधान आयोग र जिल्लामा ७७ जिल्ला समिति गठन भएको दोहो¥याउँदै स्थानीय तहसँग मिलेर काम गर्न उनले आग्रह गरिन्। आयोगमा मालपोत र नापीका प्रमुख पनि जिल्ला समितिमा रहनेछन् ।

प्रतिक्रिया