
नक्कली सुन र नगदसहित दुई जना पक्राउ
काठमाडौं – नक्कली सुन नगदसहित दुई जना पक्राउ परेका छन्।
गोरखाको आरुघाट गाउँपालिका-१० का ४८ वर्षीय दुर्गाबहादुर खत्री क्षेत्री र भारतको लखनउ स्थायी घर भई हाल काठमाडौं-१० बस्ने ४५ वर्षीय विनय कुमार सिंह रहेका छन्।
काठमाडौं-३ बसुन्धारास्थित वडा एरियाअन्तर्गत विभिन्न स्थानमा नक्कली मुद्रा तथा सुनको अवैध कारोबार हुने गोप्य सूचनाका आधारमा प्रहरी वृत्त महाराजगंजबाट खटिएको प्रहरी अधिकृत सहितको टोलीले उनीहरूलाई पक्राउ गरेको हो।
उनीहरूको साथबाट नक्कली नेपाली र भारतीय मुद्रा फेला पारी सोधपुछ गरी नागार्जुन नगरपालिका-२ सानोभर्याङ स्थितमा रहेको दुर्गा बहादुर खत्री क्षेत्रीको कोठा खानतलासी गर्दा नक्कली सुन सहितका सामान फेला परेको हो।
प्रहरी टोलीले २ हजार दरका भारतीय रुपैयाँ ४ थान, ५०० दरको ४ थान, एक हजार दरका ६ थान नेपाली रुपैयाँ बरामद गरेको छ।
उनीहरू विरुद्ध मुद्रा सम्बन्धी कसुर मुद्दामा काठमाडौं जिल्ला अदालतबाट दिन ४ को म्याद थप अनुमति लिई प्रहरी वृत्त महाराजगंजबाट थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।



कागजपत्र |
