क्लब ओम्नियाका सञ्चालकलाई कुट्ने ६ जना सार्वजनिक


काठमाडौं – काठमाडौंस्थित ठमेलको क्लब ओम्नियाका सञ्चालकलाई कुटपिट गरेको आरोपमा पक्राउ परेका ६ जनालाई प्रहरीले सार्वजनिक गरेको छ । क्लबका सञ्चालन राजेन्द्र गुरुङलाई कुटपिट गरेको आरोपमा पक्राउ परेका नुवाकोट ककनी-५ का सानु भाइ भनिने युवराज गुरुङसहित ६ जनालाई आज सार्वजनिक गरिएको हो ।

प्रहरीले गुरुङसहित टोखाका ३३ वर्षीय विक्रम अधिकारी, तनहु व्यास–२ का ३२ वर्षीय सुवास कायस्थ र ३२ वर्षीय सुरज कायस्थ, नुवाकोट पञ्चकन्या–५ का २९ वर्षीय कमल तामाङ र नुवाकोट ककनी–५ का ३५ वर्षीय निरज गुरुङलाई सार्वजनिक गरेको हो ।

उनीहरूलाई प्रहरीले असार २९ गते नागढुङ्गाबाट पक्राउ गरेको थियो । उनीहरूमाथि असार १५ गते राति २ बजे क्लबका सञ्चालक गुरुङ र सुरक्षामा खटिएका कर्मचारीहरूमाथि कुटपिट गरेको आरोप लागेको छ । कुटपिट गरिरहेको सीसीटीभी फुटेज सार्वजनिक भएपछि घटना सतहमा आएको थियो ।

प्रतिक्रिया