

नेपालले दियो भारतलाई १६८ रनको लक्ष्य

काठमाडौं – श्रीलंकामा जारी एसीसी मेन्स इमर्जिङ क्रिकेटमा नेपालले भारतलाई १६८ रनको लक्ष्य दिएको छ ।
कमजोर सुरुवातका साथ सुरु भएको नेपालको इनिङमा कप्तान रोहित पौडेल र गुल्सन झाको उत्कृष्ट प्रदर्शनले नेपालले मध्यम लक्ष्य प्रस्तुत गरेको हो ।
३७ रन बनाउँदा ५ शीर्षक्रमका ब्याट्सम्यान गुमाइसकेको नेपालका लागि कप्तान रोहित पौडेलले ८५ बलमा ६५ रन बनाए । उनले ७ चौकाको मद्दतले उक्त रन बनाएका थिए ।
त्यस्तै गुल्सन झाले विस्फोटक ३० बलमा ३८ रन बनाए । उनले २ छक्का र २ चौका प्रहार गरेका थिए ।
त्यसअघि इनिङको दोस्रो बलमै कुशल भुर्तेललाई गुमाएको नेपालको सुरुवाती ज्यादै बिर्सनलायक भयो । त्यसपछि टिमको २७ रन स्कोर हुँदा आशिफ शेखलाई गुमाएको नेपालले त्यसपछि १० रन बनाउँदा महत्वपूर्ण अर्का ३ विकेट गुमायो । शेख ७ रनमा आउट हुँदा देव खनाल १५ रनमा आउट भए भने भिम सार्की ४ रन र कुशल मल्ल शुन्यरनमा आउट भए । मल्ल आउट भएपछि आएका सोमपाल कामी १४ रन बनाउँदै आउट भएपछि नेपालका लागि गुल्सन र कप्तान रोहित पौडेलले उत्कृष्ट पारी खेल्दै टिमलाई १४४ रनको स्कोरसम्म पुर्याए । ३३.२ ओभरमा कप्तान पौडेल ६५ रन बनाउँदै आउट भए भने त्यसपछिको ३५.१ औं ओभरको पहिलो बलमा आउट भए ।
त्यसपछि नेपालका किशोरी महतोले २ रन बनाए भने ललितनारायण राजवंशीले ३ रन बनाए ।
भारतका लागि निशान्त सिन्धुले ३.२ ओभरमा १४ रन खर्चिएर ४ विकेट हात पार्दा राजवद्र्धन हाङगेकरले ३ विकेट लिए । त्यस्तै हर्षित रानाले २ विकेट हात पार्दा मनाव सुथारले १ विकेट लिए ।

