युवतीहरुको ‘ग्याङ फाइट : एक पक्राउ, चार जना फरार


मोरङ – सुनसरीको बराहक्षेत्रस्थित सप्तकोशी नदी किनारमा युवतीको दुई समूहबीच ‘ग्याङ फाइट’ भएको छ । तीन जना युवतीमाथि भएको निर्घात कुटपिटमा संलग्न एक जनालाई प्रहरीले पक्राउ गरेको छ । दुई समूहबीच विवाद भएको प्रहरीको भनाइ छ ।

सप्तकोशी किनारमा युवतीहरूको समूहले किशोरीहरूको अर्को समूहमाथि निर्घात कुटपिट भएको भिडिओ सामाजिक सञ्जालमा बाहिरिएपछि घटनामा संलग्न एक जनालाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय सुनसरीका प्रवक्ता प्रहरी नायब उपरीक्षक राजकुमार राईले जानकारी दिए । पक्राउ पर्नेमा बराह क्षेत्र– १० प्रकाशपुरकी १९ वर्षीया प्रीति लिम्बु रहेकी छन् ।

प्रतिक्रिया