
रास्वपा उपसभापति अर्याललाई ज्यान मार्ने धम्की दिने कालीकोटे पक्राउ
काठमाडौं – राष्ट्रिय स्वतन्त्र पार्टीका उपसभापति डोलप्रसाद अर्याललाई ज्यान मार्ने धम्की दिने एक युवक पक्राउ परेका छन् ।
पूर्वमन्त्रीसमेत रहेका अर्याललाई धम्की दिएको आरोपमा प्रहरीले काठमाडौंको बूढानीलकण्ठबाट ३० वर्षीय विजय कालीकोटेलाई पक्राउ गरेको हो ।
कालीकोटेले पूर्वमन्त्री अर्याललाई सफाया गरिदिने भन्दै धम्की दिएका थिए ।
असार २९ गते राति मेसेजमार्फत धम्की दिएको भन्दै अर्यालले प्रहरीमा उजुरी दिएपछि त्यसको भोलिपल्ट असार २० एक व्यक्ति पक्राउ गरिएको जिल्ला प्रहरी परिसर काठमाडौंले जनाएको छ ।
कालीकोटेलाई काठमाडौंको कपनबाट पक्राउ गरिएको हो ।



कागजपत्र |
