जाडोमा मम्फली बदाम खानुका फाइदा


जाडो महिना लागेपछि घाम ताप्दै मम्फली बदाम खाएको दृश्य धेरै देख्न पाइन्छ । बदाम प्रोटीन र फाइबरको भण्डार हो । यसलाई गरीबहरूको काजु पनि भनिन्छ ।

यसमा एन्टीअक्सिडेन्ट्स, भिटामिन, म्याग्नेसियम, म्याग्निज, क्याल्सियम र बिटा क्यारोटिन जस्ता गुणहरू उपलब्ध छन् । यी सबै तत्त्वले शरीरलाई पोषण दिन्छन् र चिसोको प्रभावबाट बचाउँछन् ।

बदाममा भएको म्याग्निजले हाडभित्र क्याल्सियमको अवशोषण प्रक्रियालाई तीव्र बनाउँछ । यसले हाड बलियो हुन्छ । म्याग्निजले रगतमा चिनीको मात्रा नियन्त्रित गर्छ । शरीरमा चिनीको स्तर सन्तुलनमा राख्न यसले सहायता गर्छ ।

बदाम खाँदा शरीरमा चिसोको असर पर्न पाउँदैन । रोगप्रतिरोधक क्षमता बढाएर यसले रुघाखोकी फैलाउने भाइरसको प्रभावबाट यसले रोक्छ ।

जाडोमा खोकी लाग्नु सामान्य कुरा हो । दिनदिनै दुई मुट्ठी बदाम खानुभयो भने खोकी लाग्न पाउँदैन । तर खोकी लागेको बेलामा चाहिँ बदाम खानुहुँदैन । ठीक भइसकेपछि मात्र खानुपर्छ ।

जाडोमा हृदयघात र ब्रेन ह्यामरेजका केसहरू अत्यधिक आउँछन् । तर बदामको नियमित सेवनले यी रोगहरूलाई नियन्त्रणमा राख्छ ।

शरीरलाई तातो बनाउने क्षमता बदाममा हुन्छ । अनि यसमा भएको मोनोअनस्याचुरेटेड फ्याटी एसिडले शरीरको खराब कोलेस्ट्रोललाई घटाएर राम्रो कोलेस्ट्रोल बढाउने काम गर्छ ।

बदामले शरीरको मेटाबोलिजम र मांसपेशीलाई पनि सन्तुलनमा राख्छ । यसमा भएको बिटा क्यारोटिनले प्रत्येक कोशिकामा रक्तप्रवाह सुनिश्चित गर्छ । यसले गर्दा छालामा आर्द्रता कायम रहन्छ र छाला निरोगी हुन्छ ।

प्रतिक्रिया