ब्रेकिङ : अगुवा सुरक्षा फिर्तापछि प्रचण्डलाई नीजि गाडीमा पूर्वपिएलएको अनिवार्य कार्गेट


काठमाडौं– सरकारले पूर्वप्रधानमन्त्रीहरूको सुरक्षामा खटिएका अगुवा सुरक्षाकर्मी र गाडी फिर्ता गरेपछि नेकपा अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डको अगुवा सुरक्षा पूर्वजनमुक्ति सेना (पिएलए)ले नीजि गाडीमा अनिवार्य कार्गेट दिन थालेका छन्।

स्नाइपर जस्ता देखिने एकै ड्रेसका करिब आधा दर्जन तालिमप्राप्त पिएलएले सुरक्षा दिन थालेको हो। उनीहरू तस्बिरमा देखिएको नीजि नम्बर प्लेटको स्कारपियो गाडीमा अगुवा सुरक्षाका रुपमा देखा परेका हुन्।

शान्ति प्रक्रियामा आउनासाथ प्रचण्डको पहिलो सुरक्षा घेरामा रहेका तालिमप्राप्त पिएलए खटिएका हुन्। उनका साथमा हतियार भने छैन। तर, सबै लडाकू तालिमप्राप्त र पोख्त रहेको बताइएको छ।

बा९प ६३९९ नम्बरको रातो नम्बर प्लेटको गाडीमा ति पिएलए खटिएका छन्। जुन विषयको जानकारी सरकारलाई दिइएको छैन। एक सातादेखि पिएलएको कार्गेट हिँड्न थालेको छ।

‘सरकारले नियतबस सुरक्षाकर्मी खोसेपछि सुरक्षाका निम्ति पिएलए खटिएका हुन्। जसलाई पार्टी र प्रचण्ड परिवारले नै तलबमा राखेका छन्’, स्रोतले भन्यो।

गृह मन्त्रालयले सरकारलाई जानकारी नदिई त्यसरी सुरक्षाकर्मी राखिएको विषयमा खोजीनीति थालेको अधिकारीहरूले बताएका छन्।

प्रचण्डको सुरक्षामा खटिएका ५९ जना सुरक्षाकर्मी परिचालन गरिएको थियो। जसमा ४३ जना फिर्ता भएपछि पिएलए खटाइएको हो।

प्रतिक्रिया