चिनियाँ सेनाले हटायो बंकर


भारत – चिनियाँ सेनाका ट्यांकहरू वास्तविक नियन्त्रण रेखाको ५० किलोमिटर टाढा रहेको सङदोङ सैन्य अड्डातर्फ गइसकेको र भारतले सैन्य फिर्तीको निगरानी गरिरहेको भारतीय सञ्चारमाध्यमहरूले खबर दिएका छन् ।

फेब्रुअरी २० सम्ममा सैनिकहरूको फिर्ती प्रक्रिया पूरा हुने र ४८ घन्टाभित्र देप्साङ क्षेत्रका विषयमा कोर्प्स कमान्डर तहमा वार्ता गरिनेछ ।

चिनियाँ ट्यांकसँगै चिनियाँ पैदल सेना पनि पांगोङ तालका दुवै तर्फबाट पछि हट्न थालेका छन् । फिंगर ४ र ५ मा फायरिङ गर्नका लागि बनाएको पर्खाल र बंकर चिनियाँ सेनाले भत्काउँदैछ ।

फेब्रुअरी १० मा चिनियाँ सेनाका लगभग १० वटा विशाल जत्थाहरूले पांगोङ तालको दक्षिणी किनारबाट ट्यांक हटाउनेछन् । चिनियाँ सेनाले शुरूमा तीनवटा ट्यांक हटायो र भारतीय सेनाले पनि पछि त्यसै गर्‍यो ।

प्रतिक्रिया