
जबरजस्ती करणी एवं बालबिज्याइँका अभियुक्त पक्राउ
विराटनगर – मोरङको लेटाङबाटै प्रहरीले जबरजस्ती करणी एवं बालबिज्याइँका अर्का अभियुक्तलाई पनि पक्राउ गरेको छ । ज
बरजस्ती करणी एवं बालबिज्याइँ मुद्दामा दोषी ठहर भएका १५ वर्षीय किशोरलाई पक्राउ गरिएको प्रहरीले जनाएको छ ।
पक्राउ परेका किशोरलाई अदालतले १ महिना ६ दिन कैद सजायको फैसला गरेको छ । पक्राउ गरेर प्रहरीले बुझाएपछि उनलाई अदालतले शुक्रबार कैद सजाय भुक्तानका लागि बालसुधार गृह पठाएको छ ।



कागजपत्र |
