


अस्पतालमै झुण्डिएको अवस्थामा भेटिए फार्मेसी अधिकृत पोख्रेल

काठमाडौं — महाराजगञ्जस्थित मनमोहन कार्डियोथोरासिक भास्कुलर तथा ट्रान्सप्लान्ट सेन्टरमा एक फार्मेसी अधिकृत मृत फेला परेका छन् ।
अस्पतालको फार्मेसीमा कार्यरत ३५ वर्षीय अमृत पोख्रेल मृत्त भेटिएका हुन् ।
उनी बिहान करिब ८ बजे अस्पतालको भर्याङमा भुन्डिएको अवस्थामा भेटिएको जिल्ला प्रहरी परिसर काठमाडौंका एसपी तथा प्रवक्ता सीताराम रिजालले बताए ।
अर्घाखाँचीको शितगंगा नगरपालिका घर भएका पोख्रेलको पोस्टमार्टमका लागि प्रहरीले प्रक्रिया अघि बढाइरहेको रिजालले बताए ।

