

नक्कली भुटानी शरणार्थी प्रकरणः राजधानीबाट थप एक जना पक्राउ

काठमाडौं – नक्कली भुटानी शरणार्थी बनाई अमेरिका पठाउने कार्यमा संलग्न थप १ जना पक्राउ परेका छन् ।
काठमाडौं उपत्यका अपराध अनुसन्धान महाशाहाले भुटानी शरणार्थी प्रकरणमा संलग्न रहेका केशव तुलाधरलाई पक्राउ गरेको हो ।
तुलाधरलाई राजधानीको सानोभर्याङबाट बुधबार पक्राउ गरेको प्रहरीले जनाएको छ ।
उनलाई ठगी तथा सङ्गठित अपराध समेतको कसुरमा आवश्यक कारबाहीको लागि जिल्ला प्रहरी परिसर, टेकु पठाइएको कार्यालयका प्रहरी उपरीक्षक तथा रवीन्द्र रेग्मीले जानकारी दिए । काठमाडौँको असन स्थायी ठेगाना भएका तुलाधर पक्राउ परेसँगै नक्कली भुटानी शरणार्थी प्रकरणमा पक्राउ पर्नेको सङ्ख्या १९ पुगेको छ ।
यसअघि नै जिल्ला अदालत काठमाडौँको आदेशमा बालकृष्ण खाण, टोपबहादुर रायमाझीलगायत प्रतिवादी पुर्पक्षका लागि थुनामा रहेका छन् ।

