युवतीलाई जबरजस्तीकरणी गरेको अभियोगमा १ जना पक्राउ


बाग्लुङ – २० वर्षीया युवतीलाई जबरजस्ती करणी गरेको अभियोगमा गुल्मीको कालिगण्डकी गाउँपालिका-७ छापचौर बस्ने २८ वर्षीय बिमल हमाललाई प्रहरीले पक्राउ गरेको छ ।

हमालले ती महिलालाई बागलुङ नगरपालिका–१ मालढुंगास्थित जंगलमा सोमवार जबरजस्ती गरेको अनुसन्धानको क्रममा खुल्न आएपछि उनलाई प्रहरीले पक्राउ गरेको हो ।

हमालले जैमिनी नगरपालिका–४ रातोबारी बस्ने यामबहादुर क्षेत्रीको घरबाट विभिन्न सुनका गरगहना र नगद चोरी गरेको खुल्न आएको छ । यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।

प्रतिक्रिया