
राजदूत नियुक्ति प्रक्रिया अघिबढि सक्याे : परराष्ट्रमन्त्री
काठमाडौँ – परराष्ट्रमन्त्री नारायणप्रकाश साउद (एन पी साउद)ले रिक्त राजदूतहरू केही दिनमै टुङ्गो लाग्ने बताएका छन्।
प्रतिनिधि सभाअन्तर्गतको अन्तर्राष्ट्रिय र पर्यटन समितिको सोमबार बसेको बैठकमा बोल्दै उनले राजदूत नियुक्ति प्रक्रिया अघि बढेको बताएका हुन्।
मन्त्री साउदले समितिको बैठकमा भने, ‘केही दिनमा राजदूत नियुक्ति टुङ्गो लाग्छ, पासपोर्टका लागि निर्णय भएको छ, ६० लाख पासपोर्ट छपाइको निर्णय भइसकेको छ, मुलुकलाई पासपोर्ट अभाव हुन नदिन टेन्डर प्रक्रिया छिट्टै अगाडि बढाउँछौँ, हामीलाई पाच वर्ष पासपोर्ट अभाव हुँदैन,’



कागजपत्र |
