सुदूरपश्चिम प्रदेश सभाको बैठक बस्दै, शोक प्रस्ताव पास हुने


धनगढी – सुदूरपश्चिम प्रदेशसभाले आगामी आर्थिक वर्ष ०८०/०८१ का लागि बजेट पेश गरेको २५औँ दिन सोमबार प्रदेश सभाको बैठक बस्ने भएको छ ।

सोमबार बिहान कार्यव्यवस्था परामर्श समितिको बैठकमा दलका नेताहरुबीच प्रदेश बैठक बसाल्ने समझदारी बनेको हो ।

प्रदेशसभा सचिवालयका सूचना अधिकारी युवराज जैसीले सोमबार बस्ने बैठकमा असार ५ गते दुर्घटनामा निधन भएका आन्तरिक मामिला तथा कानुनमन्त्रीप्रति श्रद्धाञ्जलीसहित शोक प्रस्ताव पारित गर्ने कार्यक्रम मात्र रहेको छ ।

बजेट माथिको छलफल भने अर्को बैठकमा मात्र सुरु हुने छ । बजेटको विषयलाई लिएर सत्तारुढ दलका सांसदहरुकै चर्को आलोचना भइरहेको छ । काँग्रेस नेतृत्वमा, नेकपा माओवादी केन्द्र, नागरिक उन्मुक्ति पार्टी र एकीकृत समाजवादीको संयुक्त सरकार छ । बजेटमा भने काँग्रेस, माओवादी केन्द्र र एकीकृत समाजवादीका सांसदहरु चर्को आलोचनामा छन् । प्रमुख प्रतिपक्षी दल नेकपा एमाले मौन छ । असार मसान्तभित्र बजेट पारित गर्नै पर्ने संवैधानिक बाध्यता रहेको छ ।

 

प्रतिक्रिया