संसद विघटनः फैसलाको बाटोमा सर्वोच्च, ‘एमीकस क्युरी’को रायमा यस्तो निर्णय दिन सक्छ


काठमाडौं– प्रतिनिधि सभा विघटनविरुद्धको मुद्दामा सर्वोच्च अदालतको संवैधानिक इजलाश फैसलाको बाटोतिर लम्किएको छ।

दुवै पक्ष र रिट निवेदनकर्ताको पनि दलिल सुनिसकेको संवैधानिक इजलाशले अब एमीकस क्युरीको राय सुन्नेछ। इजलाशले राय सुनेपछि बहुमतका आधारमा फैसला गर्नेछ। यद्यपि एमीकस क्युरीको रायलाई इजलाशले मान्नैपर्छ भन्नेचाहिँ छैन।

प्रधानन्यायाधीश चोलेन्द्र शमशेर राणाको एकल इजलाशले उक्त मुद्दालाई संवैधानिक इजलाशमा पठाउँदै एमीकस क्युरी गठनको आदेश गरेको थियो।

नेपाल बार एसोसिएसनका तर्फबाट बद्रीबहादुर कार्की, शतिसकृष्ण खरेल र विजयकान्त मैनालीको नाम सिफारिस गरेको थियो।सर्वोच्च अदालत बार एसोसिएसनले खगेन्द्र अधिकारी र पूर्णमान शाक्यको नाम चयन गरेको थियो। एमीकस क्युरीमा रहेका विज्ञको पनि यस विषयमा मत र राय बाझिएको उच्च स्रोतले जनाएको छ।

गम्भीर संवैधानिक एवं कानुनी प्रश्न जोडिएका विषयमा सर्वोच्च अदालतले विशेषज्ञता भएका कानुन व्यवसायीहरुको राय लिन आवश्यक ठानेको खण्डमा एमिकस क्यूरी झिकाउने गर्छ। उनीहरुले दिने रायले न्यायाधीशहरुलाई न्याय निरुपणमा सहज हुन्छ। एमिकस क्यूरीले इजलासमा आफ्नो मत जुनसुकै रुपमा दिन पनि स्वतन्त्र हुन्छन् र उनीहरुले बहसनोट पनि पेस गर्छन्।

एमीकस क्युरीका सदस्यहरु

संवैधानिक इजलाशले कस्तो फैसला दिन सक्ला?

एमीकस क्युरीको राय र बहसको समय सकिएपछि संवैधानिक इजलाशमा न्यायाधीशबीच उक्त मुद्दामा मत विभाजन हुनेछ। एकमतले पनि कुनै निर्णय आउन सक्नेछ, अन्यथा बहुमतका आधारमा फैसला अनुमोदन गरी सुनाइनेछ।

संवैधानिक इजलाशले दिएको फैसलामा पुनर्विचारका लागि अर्को मुद्दा दर्ता हुने प्रावधान छैन। इजलाशमा बारम्बार उठेका प्रश्नका आधारमा इजलाशले संसद पुनःस्थापना गर्ने सम्भावना अति नै कम रहेको बताइन्छ।

कहिलेकाहीँ भिड र आन्दोलनबाट प्रभावित हुने भए पनि अहिलेको अवस्थामा प्रधानन्यायाधीश राणाले भनेका छन्,‘बाहिरको कुराले अदालत प्रभावित हुनेछैन।’

मुलुकमा चुनावी माहौल पनि बनिरहेको र मुद्दा भएकै दलमात्र सडकमा रहेको तथा नागरिक समाजले बोलेको मात्र विषयलाई पनि इजलाशले नियाँलेको छ। खासगरी, प्रमुख प्रतिपक्षी नेपाली कांग्रेससहित जनता समाजवादी पार्टी खरो रुपमा नदेखिएको, ति दलले प्रतिनिधि सभा विघटनविरुद्ध मुद्दा दर्ता नगरेको विषयलाई पनि विचरणमा राखिएको उच्च स्रोतले जनायो।

प्रतिक्रिया