

अवैध रूपमा अमेरिकी डलरको कारोबार गर्ने व्यक्ति पक्राउ

काठमाडौं – अवैध रूपमा विदेशी विनिमय ९अमेरिकी डलर०को कारोबार गरेको अभियोगमा ललितपुर महानगरपालिका-१७ ग्वार्को बस्ने ३४ वर्षीय सनमोहन श्रेष्ठलाई मंगलबार प्रहरीले पक्राउ गरेको छ ।
विशेष सूचनाको आधारमा काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालय मिनभवनबाट खटिएको प्रहरीले श्रेष्ठलाई ललितपुर महानगरपालिका(६ वकुवहालबाट अमेरिकी डलर १ सय दरको १ सय ९८ थानसहित पक्राउ गरेको हो ।
उनलाई विदेशी विनिमय सम्बन्धी कसूरमा थप आवश्यक अनुसन्धान कारवाहीको लागि राजस्व अनुसन्धान विभाग पुल्चोक ललितपुरमा पठाइएको छ ।

