प्रदेश सरकार प्रतिपक्षसँगै हिँड्न चाहन्छ : मुख्यमन्त्री चौधरी


लुम्बिनी – लुम्बिनी प्रदेश सरकारका मुख्यमन्त्री डिल्लीबहादुर चौधरीले प्रतिपक्षलाई साथमा लिएर अगाडि बढ्न चाहेको बताएका छन् ।

आज बसेको प्रदेशसभा बैठकमा मुख्यमन्त्री चौधरीले सभाका सबै सदस्यहरुसँगसँगै हिँड्ने, उनीहरुका माग सम्बोधन गरेर हिँड्न चाहेको बताए । त्यस्तै उनले सहमति र सहकार्यबाट नै प्रदेशलाई समृद्ध बनाउन सकिने समेत विचार राखे । ‘प्रदेशको औचित्यमाथि पनि प्रश्न चिह्न उठेको अवस्था छ’, उनले भने, ‘यस्तो अवस्थामा सहमति र सहकार्य गरेर अघि बढ्नु अहिलेको आवश्यकता हो ।’

साथै उनले सभामा मर्यादित भाषामा बोल्न सुझाव दिए । मुख्यमन्त्रीको सम्बोधनपछि प्रमुख प्रतिपक्ष नेकपा (एमाले) ले पनि छलफलमा भाग लिएको छ । बैठकमा आगामी आर्थिक वर्षको बजेटमाथि छलफल भइरहेको छ ।

प्रतिक्रिया