सवा लाख घुस रकमसहित सम्सीका लेखापाल पक्राउ


जनकपुरधाम – महोत्तरीको सम्सी गाउँपालिकाका एक कर्मचारी घुससहित पक्राउ परेका छन्।

अख्तियार दुरुपयोग अनुसन्धान आयोगको कार्यालय बर्दिबासबाट खटेको टोलीले सम्सी गाउँपालिकाका लेखापाल रोशन चौरसियालाई घुससहित पक्राउ गरेको हो।

लेखापाल चौरसियाले कुनै सेवाग्राहीसँग काम गरेबापत १ लाख २५ हजार रुपैयाँ घुस लिएको बताइएको छ। उनलाई अख्तियारको टोलीले रंगेहात पक्राउ गरेको हो।

अख्तियारको टोली गाउँपालिकाको कार्यालयमा पुगेर उनलाई नियन्त्रणमा लिई थप अनुसन्धान गरिरहेको बताइएको छ। इन्जिनियर यादवलाई नियन्त्रणमा लिएर घटनाको थप अनुसन्धान भइरहेको अख्तियारको बुटवल कार्यालयले जनाएको छ।

प्रतिक्रिया