पहिरोका कारण पृथ्वीराजमार्ग अवरुद्ध


दमौली – पहिरोका कारण पृथ्वीराजमार्ग अवरुद्ध भएको छ ।

पृथ्वीराजमार्ग अन्तर्गत तनहुँको व्यास नगरपालिका-१२ छिर्कनमा शनिवार वर्षाका कारण पहिरो खसेको हो।

पहिरोले बाटो बन्द भएपछि एम्बुलेन्ससहितका सवारी साधनहरु बाटोमै रोकिएका छन् ।

लामो तथा छोटा दुरीका सवारी साधन रोकिँदा यात्रुहरु अलपत्र परेका छन्। लेदोसहितको पहिरोका कारण राजमार्ग अवरुद्ध भएको प्रहरीले जनाएको छ ।

प्रतिक्रिया