आजबाट देशभर ढुंगा गिटी र बालुवाको बिक्री तथा उत्पादन बन्द


काठमाडौं – क्रसर तथा खानी व्यवसायीले आजदेखि देशभर ढुंगा गिटी र बालुवाको बिक्री तथा उत्पादन बन्द गर्ने भएका छन् ।

सरकारले ‘अवैध’का नाममा क्रसर बन्द गराएको भन्दै त्यसको विरोधमा व्यवसायीले क्रसर बन्द गर्ने निर्णय गरेको हुन् ।

खानी दर्ता तथा नवीकरणमा सरकारले व्यवसायीलाई मर्कामा पारेको नेपाल क्रसर तथा खानी व्यवसायी महासंघको गुनासो छ ।

सरकारले गत माघमा देशभर अवैधरूपमा सञ्चालित खानी बन्द गराउने निर्णय गरेको थियो ।

प्रतिक्रिया