मलेशियामा सल्यानका एक युवकको मृत्यु


सल्यान – सल्यान वनगाड कुपिण्डे नगरपालिका–११ रैकरका ३१ वर्षका प्रकाश वलीको मलेशियामा मृत्यु भएको छ। डिउटीबाट फर्कदै गर्दा बुधबार साँझ भएको सडक दुर्घटनामा घाइते भएका वलीको आज मृत्यु भएको हो ।

दुर्घटनामा घाइते भएका वलीको उपचारका क्रममा बिहीवार बिहान २ बजेतिर मृत्यु भएको थियो। मलेशियाको काजाङमा साइकलबाट लडेर मृत्यु भएका उनका काका हीरालाल वलीले जानकारी दिए। एक वर्षअघि मात्र मलेशिया गएका वलीका ३ छोरा र श्रीमती छन्।

मलेशियाबाट शव तत्काल नेपाल ल्याउन पहल गरिदिन मृतक वलीको परिवारले सबैमा अनुरोध गरेको छ।

प्रतिक्रिया