

प्रदेश १ सरकार स्थापनाको तेस्रो वार्षिकोत्सव कांग्रेस र दाहाल-नेपाल समूहद्वारा बहिष्कार

विराटनगर- प्रदेश १ सरकारले आज (सोमबार) मुख्यमन्त्री कार्यालयमा स्थापनाको तेस्रो वार्षिकोत्सव मनाइदै छ । आज मनाइदै गरेको बार्षिकउत्सव कार्यक्रम प्रमुख विपक्षी दल नेपाली कांग्रेस र नेपाल कम्युष्टि पार्टी (नेकपा) को दाहाल-नेपाल समुहले अघोषित रुपमा बहिष्कार गरेका छन् ।
प्रदेश प्रमुख सोमनाथ अधिकारी प्यासीको प्रमुख आतिथ्यमा आयोजित कार्यक्रममा नेपाली कांग्रेसका सांसदहरु सहभागी भएनन् । यसैगरी नेकपा दाहाल-नेपाल समूहका सांसदहरु पनि सहभागी भएनन् ।
मुख्यमन्त्री शेरधन राई, सभामुख प्रदीपकुमार भण्डारी, प्रदेश सरकारका मन्त्रीहरु, राई पक्षका केही सांसद र सरकारी कर्मचारीहरु भने कार्यक्रममा सहभागी भए । प्रमुख विपक्षी कांग्रेसका नेता राजीव कोइरालाले आफ्नो पार्टीको आन्दोलनको कार्यक्रमसँग समय जुधेकाले सहभागी हुन नपाएको बताए । उनले भने, ‘सरकारले जानीजानी हाम्रो कार्यक्रमसँग समय जुधाएकाले हामी नगएका हौं । ‘ नेपाली कांग्र.सले आज सोमबार प्रतिनिधिसभा विघटन विरुद्ध देशभर ७७ वटै जिल्लामा प्रदर्शन गदैछन् ।
कार्यक्रममा प्रदेश प्रमुख अधिकारीले प्रदेश सरकारको काम जनप्रिय बन्दै गएको दाबी गरे । उनले तीन वर्षमा सरकारले गरेका कार्य प्रगतिसमेत प्रस्तुत गरे ।

