अछामको जंगलमा बेवारिसे भरुवा बन्दुक फेला


अछाम – अछाममा भरुवा बन्दुक फेला परेको छ । चौरपाटी गाउँपालिका–१ वडामेयरको जंगलमा बेवारिसे अवस्थामा एक नाले एक थान भरुवा बन्दुक फेला परेको हो ।

बुधबार बिहान प्रहरी चौकी सिउडी अछामबाट खटिएको प्रहरी गस्ती टोलीले जंगलमा बेवारिसे अवस्थामा भरुवा बन्दुक फेला पारेको छ ।

यस विषयमा थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

प्रतिक्रिया