लागूऔषधका फरार प्रतिवादी पक्राउ


बागलुङ – लागूऔषध मुद्दाका फरार प्रतिवादीलाई जिल्ला प्रहरी कार्यालय बागलुङले पक्राउ गरेको छ।

लागूऔषध (गाँजा चरेस) मुद्दाका फरार प्रतिवादी गलकोट नगरपालिका-१० का ४० वर्षीय विशाल घर्ती मगरलाई इलाका प्रहरी चौकी गलकोटबाट खटिएको टोलीले पक्राउ गरेको जिल्ला प्रहरी कार्यालय बागलुङका सूचना अधिकारी प्रहरी नायव उपरीक्षक मदन केसीले जानकारी दिए।

मगरलाई जिल्ला अदालत बागलुङले २०७२ असोज २ गते लागूऔषध (गाँजा चरेस) सम्बन्धी कसुर मुद्दामा २ वर्ष कैद र १५ हजार रुपैयाँ जरिवाना सजाय तोकेको थियो। अदालतले फैसला गरेपनि मगर फरार थिए।

कैद र जरिवाना भुक्तान हुन बाँकी रहेका प्रतिवादी मगरलाई जिल्ला प्रहरी कार्यालय बागलुङले सोमबार बागलुङ जिल्ला अदालतमा पेस गरिएको प्रहरी नायव उपरीक्षक केसीले जानकारी दिए।

प्रतिक्रिया