युवती बलात्कार अभियोगमा एकजना पक्राउ


बागलुङ – बाग्लुङमा एक जना २५ वर्षीया युवती बलात्कृत भएकी छिन् । युवतीमाथि जबरजस्ती करणी गरेको अभियोगमा ढोरपाटन नगरपालिका-८ नौथर टोल बस्ने ५० वर्षीय मनबहादुर विकलाई सोमबार राति प्रहरीले पक्राउ गरेको छ ।

विकले ती युवतीलाई उनकै घरमा जबरजस्ती करणी गरेको भन्ने उजुरीको आधारमा प्रहरी चौकी ढोरपाटनबाट खटिएको प्रहरीले उनलाई पक्राउ गरेको हो । यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।

प्रतिक्रिया