ललिता निवास प्रकरण : पक्राउ पर्नेको संख्या ६ पुग्यो


काठमाडौं – ललिता निवास प्रकरणमा पक्राउ पर्नेको संख्या ६ पुगेको छ । उक्त प्रकरणमा संलग्नहरुविरुद्ध सीआईबीको जारी अपरेशनमा डिल्लीबजार मालपोतका तत्कालीन खरदार गोपाल कार्की पक्राउ परेसँगै मंगलबार पक्राउ पर्नेको संख्या ६ पुगेको हो ।

यसअघि केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी) को टोलीले भाटभटेनी सुपरमार्केटका सञ्चालक मीनबहादुर गुरुङसहित डिल्लीबजार मालपोत कार्यालयका तत्कालीन प्रमुख कलाधर देउजा, कर्मचारी सुरेन्द्रमान कपाली, हुपेन्द्रमाणि केसी र धर्मप्रसाद गौतमलाई पक्राउ गरेको थियो ।

सीआईबीको टोलीले खोजी जारी राखेकाले अन्य अभियुक्तहरु पनि यस प्रकरणमा पक्राउ पर्ने सम्भावना बढेको छ । सीआईबीले गुरुङसहित मालपोत कार्यालयका अन्य पाँच जना तत्कालीन कर्मचारीविरुद्ध सरकारी कागजात किर्तेमा म्याद थप गरेर मुद्दा अघि बढाउन एआईजी किरण बर्जाचार्यले जानकारी दिएकी छन् ।

यस प्रकरणमा यसअघि अख्तियार दुरुपयोग अनुसन्धान आयोगले पनि उनीहरुविरुद्ध भ्रष्टाचार मुद्दा चलाइसकेको छ ।

प्रतिक्रिया