

नक्कली शरणार्थी प्रकरणमा थप एकजना पक्राउ

काठमाडौं – नक्कली भुटानी शरणार्थी प्रकरणमा संलग्न रहेको आरोपमा थप एकजना पक्राउ परेका छन् । प्रहरीले आशीष बुढाथोकीलाई मण्डिकाटारबाट पक्राउ गरेको हो ।
काठमाडौं प्रहरी परिसरका एसी सीताराम रिजालका अनुसार उनी पैसा उठाउने कार्यमा संलग्न रहेको पाइएको छ । ‘पैसा उठाउने कार्यमा संलग्न रहेको पाइएको छ । उनको बैंक खाताबाट कारोबार भएको देखियो,’ कार्कीले भने ।

