

गोरखा दुर्घटना अपडेटः ५ जनाको घटनास्थलमै मृत्यु, १२ घाइते

गोरखा – गोरखाको सहिद लखन गाउँपालिका ५ स्थित पोखरी डाँडामा गाडी दुर्घटना हुँदा पाँच जनाको मृत्यु भएको छ ।
सडकबाट करिब २ सय मिटर तल खसेको जिपका ५ जनाको घटनास्थलमै मृत्यु भएको जनाइएको छ । मृत्यु हुनेमा चारजना पुरुष र एक महिला रहेको जनाइएको छ ।
प्रदेश नंं. ३ को ०१–०२३ च २४२७ नम्बरको टाटा जिप दुर्घटना भएको हो ।
घाइते १२ जनालाई आबुखैरेनी अस्पताल पुर्याइएको छ । बिहेको लागि टिकोटालो गरेर फर्किने क्रममा केटा पक्षको गाडी दुर्घटनामा परेको बताइएको छ । तीन वटा गाडी सँगै रहेको अवस्थामा उक्त जिप दुर्घटनामा परेको हो ।
राति एक बजे केटी पक्षको घरबाट फर्किने क्रममा ४ सय मिटर आसपासमै गाडी दुर्घटनामा परेको थियो ।

